२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

अस्तव्यस्त बन्दै नेपाली चलचित्र क्षेत्र, निराश बन्दै लगानीकर्ता र कलाकार
सुशील अर्थात् ‘जामनः गुभाजु’ भन्छन्– फिल्मको लगानी उठाउनै मुस्किल छ

नेपाली चलचित्र क्षेत्रमा टिकाउ वातावरण नबन्नुका कारणले गर्दा लगानीकर्ता, निर्माता र कलाकारहरू निराश हुदै गएका छन् । विभिन्न भाषा, समुदाय र संस्कृतिका कथामा आधारित फिल्महरू निर्माण हुँदै आएछन् दर्शकको अभाव र लगानी उठ्ने सुनिश्चित वातावरण नहुँदा अपेक्षित परिणाम आउन नसकेको हो । 


वरिष्ठ कलाकार तथा साहित्यकार सुशील राजोपाध्यायका अनुसार नेपाली फिल्म क्षेत्र अझै पनि अस्तव्यस्त अवस्थामा छ । दर्शक वर्ग सीमित रहेको र फिल्म निर्माणमा लाग्ने खर्च अनुसारको प्रतिफल नपाइने अवस्था  हुँदा लगानीकर्ताहरू जोखिममा परिरहेका हुन् ।



नेपालमा पहिले सिडी र भिएचएसमार्फत फिल्म बजारमा आउने चलन थियो, तर पछिल्लो समय डिजिटल पाइरेसी र मोबाइलको अत्यधिक प्रयोगका कारण दर्शक सिनेमा हलसम्म पुग्न छाडेका छन् । 

राजोपाध्यायको अभिनय यात्रा डबिङबाट सुरु भएको हो । उनले आफ्नो जीवनको उल्लेखनीय भूमिका ऐतिहासिक नेपाली भाषा चलचित्र ‘जामनः गुभाजु’ मा निर्वाह गरेका थिए । सो चलचित्रमार्फत १७औं शताब्दीका सिद्धहस्त तान्त्रिक र राजा प्रताप मल्लका विश्वासपात्र पात्रको जीवन्त चित्रण गरिएको थियो ।
उक्त भूमिकाबाट आफूलाई व्यापक परिचय दिलाएको अनुभव उनले सुनाए । 



नेवारी कला, संस्कृति र नाटकमार्फत समाजलाई चेतना दिने कार्यमा पनि सक्रिय रहेका राजोपाध्यायले चलचित्र र रंगमञ्चको अनुभव सँगाल्दै ४० भन्दा बढी चलचित्र र दर्जनौं नाटकमा अभिनय गरिसकेका छन् ।

नाटकमा दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया पाउन पाइने भएकाले त्यो अनुभव अझ विशेष हुने उनले बताए । 

राज्यले चलचित्र र कलाकारिता क्षेत्रमा सशक्त नीतिगत सहयोग नगरेको गुनासो उनको छ । चलचित्रको माध्यमबाट इतिहास, संस्कृति र समुदायको पहिचान स्थापित गर्न सकिने हुँदा यस्ता प्रयासलाई प्रोत्साहन र संरक्षण आवश्यक छ  । 



  • प्रकाशित मिति : १८ असोज, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया