चिनियाँ राष्ट्रपतिको जन्मदिनमा रुसी राष्ट्रपतिको उपहार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपतिलाई जन्मदिनको शुभकामना दिएका छन् ।

ताजकिस्तानको डुसानबे सहरमा आयोजना भइरहेको इन्टरएक्सन एन्ड कन्फिडेन्स बिलडिङ मेजर इएन इसिया सम्मेलनमा भाग लिन ताजकिस्तानमा रहेका पुटिनले सीलाई होटलमै पुगेर शुभकामना व्यक्त गरेका हुन् ।

भेटका क्रममा पुटिनले सीलाई चिनियाँ तरिकाले बनेको केक र रसियन आइस क्रिम उपहार दिएका थिए ।

सीले शुभकामना दिन पुगेका पुटिनलाई धन्यवाद दिँदै चीनमा पुटिन निकै प्रख्यात रहेको बताएका थिए ।

राष्ट्रपति सीले शनिबार ६६औँ जन्मदिन मनाइरहेका छन् । 





  • प्रकाशित मिति : जेठ ३२, २०७६ शनिबार १४:५८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया