काठमाडौं– नेपाली कांग्रेसले ‘मेरो रगत कसैको जीवन’ अभियान सुरु गरेको छ । अस्पतालमा हुने रगत अभाव घटाउनका लागि याे अभियान थालिएकाे कांग्रेसले जनाएकाे छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भृकुटीमण्डपमा आयोजित रक्तदान कार्यक्रममार्फत अभियानको थालनी गरेका हुन् । अभियान सुरु गर्दै शर्माले पार्टीलाई नवीन शैलीमै रुपान्तरण गर्न आवश्यक रहेको बताए।
‘नेपाली कांग्रेस पार्टीलाई समयसापेक्ष परिवर्तन गर्न हामीले नयाँ सोच विकास गर्नु पर्छ, राष्ट्रिय जागरण अभियान र मेरो रगत कसैको जीवन अभियान पनि त्यसैको निरन्तरता हुन्,’ उनले भने ।
उनका अनुसार रक्तदान कार्यक्रम हरेक महिना आयोजना गरिनेछ । कार्यक्रमको संयोजन कांग्रेसको जिल्ला संयोजन समितिले गर्नेछ ।
शनिबारकाे कार्यक्रममा सयभन्दा बढीले रक्तदान गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।