साहित्यकार अमर न्यौपाने दोस्रोपटक विवाह बन्धनमा

काठमाडौँ– साहित्यकार अमर न्यौपाने दोस्रोपटक विवाह बन्धनमा बाँधिएका छन् । उनले लेखिका प्रतीक्षा कट्टेलसँग बुधबार विवाह गरेका हुन् ।

‘सेतो धर्ती’, ‘करोडौँ कस्तुरी’, 'पानीको घाम', जस्ता चर्चित कृतिमार्फत नेपाली साहित्यमा आफूलाई अब्बल साबित गरेका न्यौपानेले नाट्य क्षेत्रमा आफ्नो पहिचान स्थापित गरिरहेकी कट्टेलसँग लगनगाँठो कसे । 

कट्टेलको नाटक ‘क्लेशा’ अहिले मण्डल थिएटरमा मञ्चन भइरहेको छ। प्रतिक्षासँग अमरको यो दोस्रो विवाह हो । १५ वर्षअघि सरस्वती भण्डारीसँग न्यौपानेले पहिलो विवाह गरेका थिए । उनको सम्बन्ध धेरै टिक्न सकेन ।

त्यसपछि उनीहरूले २०७४ फागुन १३ मा कानुनी रुपमै सम्बन्धबिच्छेद गरेका थिए । 





  • प्रकाशित मिति : जेठ ३२, २०७६ शनिबार १५:५८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया