१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

पाँचथर कात्तिकेमा बोलेरो दुर्घटना : सेनाद्वारा उद्धार

पाँचथरको तमोर कोरिडोर अन्तर्गत कुम्मायक गाउँपालिका-३ रानीगाउँको कात्तिकेमा बोलेरो दुर्घटनामा परेको छ । बोलेरोमा सवार १२ जना मध्ये ६ जनाको घटनास्थलमै निधन भएको जनाइएको छ ।


नेपाली सेना श्री वीरदल गणबाट खटिएको टोलीले स्थानीय वासिन्दा र अन्य सुरक्षा निकायको सहयोगमा दुर्घटनामा परी घाइते भएका भएका ६ जनाको उद्धार गरेको छ । मृत्यु हुने ६ जनामा ३ महिला र ३ पुरुष रहेको सेनाले जनाएको छ । 



मृतक र घाइतेहरुको पहिचान खुलिनसकेको छैन ।  घाइतेहरुको उपचारको लागि धरान र फिदिमतर्फ पठाइएको छ । हाल नेपाल प्रहरी, नेपाली सेना, स्थानीय लगायतले उद्धारको काम जारी राखेका छन् । बोलेरो जीप तमोर करिडोर अन्तर्गत कुम्मायक–३ मा सडक भन्दा अन्दाजी पाँचसय मिटर तल तमोर नदी नजिकै खसेको थियाे ।

निरन्तरको झरी, अप्ठ्यारो भीर भएका कारण उद्धारमा कठिनाइ भइरहेको छ । जीपले ताप्लेजुङबाट १२ जना यात्रु लिएर धरानतर्फ छुटेको बुझिएको छ भने बीचमा चढाएको यात्रु संख्या एकिन हुन सकेको छैन ।
 





  • प्रकाशित मिति : १८ असोज, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया