आइतबार स्वदेश फर्कंदै प्रधानमन्त्री

काठमाडौं– जेठ २५ गते युरोप भ्रमणमा निस्केका प्रधानमन्त्री केपी शर्मा ओली साता लामो युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किंदै छन् । ओली नेतृत्वको २० सदस्यीय नेपाली प्रतिनिधिमण्डल सफलतापूर्वक भ्रमण सम्पन्‍न गरेर स्वदेश फर्किन लागेको हो । 

युरोप भ्रमणको सिलसिलामा प्रधानमन्त्री ओलीले स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गरेका थिए । भ्रमणको सिलसिलामा उनले सोमबार स्विट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकी समारोहलाई सम्बोधन गरेका थिए । जेनेभामा रहँदा साइलाइनमा प्रधानमन्त्री ओलीले केही द्विपक्षीय भेटघाट गरेका थिए।

जेनेभापछि प्रधानमन्त्री ओली सोमबार नै बेलायत प्रस्थान गरे । बेलायतको औपचारिक भ्रमणको सिलसिलामा उनले बेलायतकी प्रधानमन्त्री थेरसा मेसँग द्विपक्षीय भेटवार्ता गरे । बेलायतमा रहँदा उनले चर्चिच अक्सफोर्ड विश्वविद्यालयमा सोमबार आयोजित एक विशेष समारोहलाई सम्बोधन समेत गरे ।

बेलायतपछि फ्रान्सको औपचारिक भ्रमण गरेका प्रधानमन्त्री ओली तीन दिन फ्रान्समा रहे । त्यहाँ ओलीले फ्रान्सेली समकक्षी इजुआर्ड फिलिपेसँग भेटवार्ता गरे । फ्रान्सबाट ओली आइतबार नेपाल आइपुग्नेछन् ।





  • प्रकाशित मिति : जेठ ३२, २०७६ शनिबार १५:५९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया