काठमाडौं– कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गुठी विधेयक आम नागरिकको भावनाविपरीत हुने देखिए पारित नगर्ने बताएका छन् ।
‘हामी जनताको भावनाविपरीत कुनै काम गर्दैनौँ,’ आज काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले भने, ‘यदि आम नागरिकको सामाजिक र सांस्कृतिक भावनाविपरीत विधेयक देखियो भने त्यसलाई पारित गर्दैनौँ ।’
विधेयक छलफलमा मात्र आएको भन्दै पोखरेलले ऐन नै बनेजसरी कोही पनि नआत्तिन आग्रह गरे । सरकारले जनताको भावना बुझेर मात्रै काम गर्ने विश्वास दिलाउँदै कार्यवाहक प्रधानमन्त्री पोखरेलले संसद्मा छलफलका क्रममा आएको विधेयककै कारण उत्पातै भयो भनेर नबुझ्न आग्रह गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।