शुक्रबार र शनिबारको अविरल वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
नेपाल प्रहरीले आइतबार दिउँसो १:३० बजेसम्म संकलन गरेको पछिल्लो विवरणअनुसार, प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाउनेको संख्या बढ्दै गएको हो ।
सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको छ । विशेषगरी इलाम जिल्लामा मात्र ३७ जनाको ज्यान गएको छ। यस्तै, पाँचथरमा ६ जना, उदयपुरमा दुईजना र खोटाङमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मधेस प्रदेशको रौतहट जिल्लामा पनि बाढीका कारण ३ जनाले ज्यान गुमाएका छन् ।
यसका साथै, विभिन्न स्थानबाट हराइरहेका व्यक्तिको खोजी कार्य जारी रहेको छ । इलाम, बारा, रसुवा र काठमाडौंमा गरी हालसम्म सातजना बेपत्ता छन् ।
तीमध्ये इलाम, बारा र काठमाडौंमा एक/एक जना तथा रसुवामा चारजना बेपत्ता भएका छन् ।

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।