तीन स्रष्टा सम्मानित

काठमाडौं– बुद्धि–रेशम स्मृति स्रष्टा सम्मानबाट तीन स्रष्टा सम्मानित भएका छन् । नेपाली साहित्य र कला क्षेत्रमा अविस्मरणीय योगदान गरेका साहित्यकार मदनमणि दीक्षित, कवि मदन रेग्मी तथा चित्रकार किरण मानन्धर सम्मानित भएका हुन् ।

जलारिका साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले तीनै स्रष्टालाई दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गरे ।

सम्मानित स्रष्टाहरूले सम्मानसहित जनही नगद एक–एक लाख प्रँप्त गरेका छन् । प्रतिष्ठानका संरक्षक कवि द्वारिका श्रेष्ठले सम्मानित स्रष्टाहरूलाई नगद र सम्मान प्रदान गरे ।

साहित्यकार अभि सुवेदीले सम्मानित तीन स्रष्टाहरूको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि सत्यमोहन जोशीले जलरिका साहित्य प्रतिष्ठानले गरेको कार्यको प्रशंसा गर्दै सम्मानित स्रष्टाहरूको प्रशंसा गरे ।     





  • प्रकाशित मिति : जेठ ३२, २०७६ शनिबार १७:३६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया