छारे रोग : भ्रम र यथार्थ
छारे रोगका बिरामीकाे दिमाग कमजोर हुँदैन, ८० प्रतिशत उपचार सम्भव छ

छारे रोग प्रायः अचानक देखापर्छ । रोगले च्यापेका वेला रोगीले दिमागको सन्तुलन गुमाउनुका साथै हात–खुट्टा छोड्ने गर्छन् । शरीरमा कम्पन सुरु हुन्छ । 

छारे रोग एक न्युरोलोजिकल रोग हो, जुन मस्तिष्कसँग जोडिन्छ । यो रोग टाउकोको चोट, अत्यधिक मदिरा सेवन, मस्तिष्कमा अक्सिजनको कमी आदि कारणले देखापर्छ ।

प्रायः मानिसमा छारे रोगबारे थुप्रै शंका र भ्रम छ । छारे रोगीको मस्तिष्क कमजोर हुन्छ वा यसको उपचार सम्भव छैन भन्ने धेरैको बुझाइ छ । 

न्युरोफिजिसियन डा. केके कावरे छारे रोगका सम्बन्धमा रहेको भ्रम र सत्यबारे बयान गर्छन् – 

भ्रम : छारे रोग आनुवंशिक (हेरिडिटरी) रोग हो । 

सत्य : छारे रोग लाग्नुमा मुख्यतः आनुवंशिक कारण रहन्छ । तर, अन्य परिस्थितिबाट पनि यो रोग लाग्न सक्छ । जस्तो कि, पारिवारिक कलह, जन्मको समयमा दिमागमा अक्सिजनको कमी, अपुरो निद्रा, दिमागी ज्वरो, टाउकोमा चोट वा संक्रमणका कारण पनि छारे रोग देखापर्छ । 



भ्रम : छारे रोगका बिरामी मानसिक रूपमा कमजोर हुन्छन् । 

सत्य : छारे रोगका बिरामी मानसिक रूपमा कमजोर हुन्छन् भन्नु भ्रम हो । छारे रोगको अवस्थामा मस्तिष्कमा उपस्थित हुने न्युरोन्स अधिक सक्रिय हुन्छन् । यसको असर केही समयका लागि रहन्छ । तर, यसले रोगीलाई लामो समय मानसिक रूपमा कमजोर बनाउँदैन । रोगले ग्रसित भएको वेला रोगी छटपटाउने, मुखबाट र्याल आउने, हातखुट्टा सुन्निनेजस्ता क्रियाकलाप केही समयको लागि रहन्छ ।



भ्रम : छारे रोगको औषधिले गर्भवती महिलालाई बढी संक्रमण गर्छ । 

सत्य : छारे रोगको औषधिले महिलाको प्रजजन क्षमतामा असर गर्दैन । गर्भवती महिलाले पनि यसको उपचार गर्न सक्छन् । 

भ्रम : यस रोगको कुनै उपचार छैन । 

सत्य : छारे रोगको उपचार अत्यन्तै सम्भव छ । लगभग ८० प्रतिशत रोगीले एन्टी–एपिलेप्टिक औषधिबाट रोगको निराकरण गर्न सक्छन् भने गम्भीर अवस्थामा सर्जरी गर्नुपर्ने हुन्छ । यस्ता रोगीका हकमा केही सावधानी अपनाउनुपर्छ, जसको लागि राती धेरैबेर जागा नबस्ने, चिल्लो खानेकुरा नखाने, रक्सी नपिउने, तथा बढी उचाइमा नजाने गर्नुपर्दछ । 

भ्रम : छारे रोगले समातेपछि रोगीलाई नियन्त्रणमा राख्नुपर्छ । 

सत्य : छारे रोगले समातेका रोगीलाई नियन्त्रणमा राख्ने होइन, उसको घाँटीमा रहेको कपडा खोलिदिनुपर्छ, ता कि बिरामीलाई सास फेर्न सजिलो होस् । बिरामीलाई कुनै वस्तु चलाउन दिनुहुँदैन । यस्तो अवस्थामा अधिकांशले रोगीको मुखमा साँचो वा चम्चा राखिदिने गर्छन्, जुन गलत छ । 

  • प्रकाशित मिति : जेठ ३२, २०७६ शनिबार २०:४८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया