२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

गुल्मीका कोतघरमा सरायको रौनक, वीर परम्पराको पुनर्जागरण

दसैँ सकिएलगत्तै गुल्मीका कोतघरमा सरायँको रौनक देखिएको छ । नेपालका पश्चिमी जिल्लाहरुमा सराय नाँच्ने गरिन्छ । एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म नाँचिने सरायमा खुडा, भाला, तरबार, खुकुरी जस्ता युद्धमा प्रयोग हुने हतियार प्रदर्शन गरी ‘वाख्खै वा’ शब्द उच्चारण गरी गरिन्छ । 


गुल्मी, अर्घाखाँची, प्युठान लगायतका जिल्लाहरुमा एकादशी, द्धाद्धसी, त्रायोदशी र पूर्णिमाको दिन फरक–फरक ठाउँमा सराय नाँच्ने गरिन्छ । सरायमा बालबालिका, युवा, महिलाका साथै बृद्धबृद्धा समेत नाँच्ने गरेका छन् । 



रंगीचंगी ध्वजापतकाले सिंगारिएको आलमलाई भगवानको प्रतीकको रूपमा लिइन्छ । लाइनमा रहेका सयौँ भक्तजन एक समूहले अर्को समूहलाई आक्रमण गरे जस्तो देखिने सराय नाँच रमाइलो संस्कृतिको रूपमा लिइन्छ । राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजयोत्सव स्वरूप कोत र दुर्गा भगवती तथा कालिका मन्दिरमा हतियार नचाएर सराय नाँच्न थालिएको हो । यसरी नाच्दा देवी प्रसन्न हुने धार्मिक विश्वास गरिन्छ । वाग्लाको वाग्ला माध्यमिक विद्यालयको प्राङ्गणमा वि.स. २०१५ सालभन्दा अगाडीदेखि नै सराय नाच्न थालिएको हो ।

तत्कालिन समयमा युद्धमा प्रयोग हुने हतियार प्रदर्शन गरेर सराय नाँचिन्छ । गुल्मीका अधिकाशं शक्तिपिठमा बाउ–बाजेका पालादेखि नै मैदानमा सराय नाँचिएको छ । इस्मामा छापाली र इस्माली भेट भएपछि सरायको औपचारिक सुरुवात हुन्छ । बाइसेचौबिसे राज्य हुँदाताका भुरे राजाले आफ्नो कोतमा सराय नाँच नचाउने गरेपछि नै सराय सुरु भएको बुढापाका बताउँछन् । घटस्थापनादेखि नौ दिनसम्म देवीको पुजा गर्दा महाकाली उत्पति भइन् । पछि महाकाली ठूली हुदैँ गइन् र राक्षसलाई मारिन पनि । त्यसपछि रामचन्द्रले राउण्डेलाई मारे । नौ दिनसम्म पुजा गरी राक्षसलाई मारेको उत्सवस्वरुप दसैँको टिका लगाउने प्रचलन बस्यो । त्यसैगरी राउण्डेलाई मारेको उत्सवमा हजारौँ बर्षअघि द्धापरयुगमा सराय खोल्न थालिएको इतिहास छ । 



अहिले गाउँगाउँमा स्थानीय सरकार छन् । त्यसैले पनि सरय जस्ता मौलिक धर्म सँस्कृतिलाई जोगाउने दायित्व अब सरकारले पनि बहन गर्नुपर्छ । पश्चिम नेपालका जिल्लाहरुमा प्रसिद्ध सराय नाचलाई थप व्यवस्थित बनाउदैँ नयाँ पुस्तालाई सिकाउँदै यसको दीगो संरक्षण गर्न आवश्यक छ । 



  • प्रकाशित मिति : २० असोज, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया