झुपुक्क निदाउनेलाई सेन्टर

एजेन्सी– कहिलेकांही छोटो समयका लागि झुपुक्क निदाएर उठ्ने हो भने हामीलाई रिफ्रेस गराउँछ । निद्राको एक झोंकाले हामीलाई तनाव कम गर्न पनि सहयोग गर्छ ।

तर, छोटो समयको यो निद्रालाई पैसा तिर्न पर्यो भने के तपाईं तयार हुनुहुन्छ ? हो, हामी तयार नहुन सक्छौँ । उता, अमेरिकाको व्यस्त सहर न्युयोर्कमा भने एउटा यस्तो ‘न्याप सेन्टर’ खुलेको छ जहाँ मानिसहरुले एक पटक झुपुक्क निदाएको पैसा तिर्नु पर्ने हुन्छ । यो न्याप सेन्टरको नाम क्यास्पर हो ।

यहाँ ४५ मिनेटका लागि हल्का निदाउँदा २५ डलर तिर्नु पर्ने हुन्छ । यसलाई नेपालीमा बदल्ने हो भने यो २७५० रुपैयाँ जति हुन आउँछ । यो ठाउँमा जो पनि पुग्छन्, उनीहरुलाई निद्राले बोलाइरहेको जस्तो आभास हुनसक्छ । यहाँका क्याबिनहरुमा आरामदायी बिस्तारा लगाइएका छन् । यो सेन्टरका क्याबिनमा एउटा टिभी पनि राखिएको छ । तर, त्यसको कालो स्क्रिनले पनि मानिसलाई सुत्नकै लागि प्रोत्साहित गर्छ ।

पछिल्लो समय यो सेन्टर निकै चलेको छ । नयाँ सामानको अनुभव गर्न चाहनेहरु पनि यहाँ पुग्ने गरेका छन् । उनीहरु यहाँ जान्छन्, त्यहाँ भएका आरामदायी बिछ्यौनामा सुत्छन् । अर्कोतिर पैसा हुनेहरु पनि यहाँ पुगेर आराम गरेर इन्स्टाग्राममा फोटो राख्न रुचाउँछन् ।





  • प्रकाशित मिति : जेठ ३२, २०७६ शनिबार २०:४८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया