१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

क-कसले जिते चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ?

नोबेल पुरस्कार समितिले सन् २०२५ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रतिरोध प्रणालीसम्बन्धी महत्वपूर्ण अनुसन्धान गर्ने तीन वैज्ञानिकलाई प्रदान गर्ने निर्णय गरेको छ ।


समितिका अनुसार ‘रेग्यलेटरी टी–सेल’ भनिने विशेष प्रकारका कोष शरीरको प्रतिरक्षा प्रणालीमा रक्षकका रूपमा कार्य गर्छन् भन्ने तथ्य पत्ता लगाएकाले मेरी ब्रन्को, फ्रेड र्‍याम्स्डेल र शिमोन साकागुचीलाई यस वर्षको नोबेल पुरस्कार दिने निर्णय गरिएको हो । 



ती वैज्ञानिकहरूको खोजले चिकित्सा क्षेत्रका नयाँ अनुसन्धानका ढोका खोलेको मानिन्छ । नोबेल समितिका अनुसार उनीहरूले उजागर गरेका तथ्यहरूले अहिले परीक्षण भइरहेका विभिन्न उपचारविधिलाई सुदृढ बनाउन मद्दत पुर्‍याउने छन् ।

उनीहरूको अध्ययनबाट अटोइम्यून रोगहरूको उपचारमा सुधार गर्न सकिने, क्यान्सर उपचारलाई अझ प्रभावकारी बनाउने र स्टेम सेल प्रत्यारोपणका क्रममा हुने गम्भीर जटिलता रोक्न सकिने अपेक्षा गरिएको छ ।



विजेताहरूले संयुक्तरूपमा १.१ करोड स्वीडिश क्रोनर (करिब ८.७० लाख पाउन्ड) नगद पुरस्कारसहित नोबेल पदक प्राप्त गर्ने छन् ।

अहिलेसम्म चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ११६ पटक प्रदान भइसकेको छ। प्रत्येक वर्ष भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र शान्ति गरी पाँच विधामा नोबेल पुरस्कार दिइन्छ ।

सन् १९६८ मा स्वीडनको केन्द्रीय बैंकले अर्थशास्त्रतर्फ छुट्टै पुरस्कारको स्थापना गरेको थियो । स्वीडिश व्यापारी तथा डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले मानव जातिका हितका लागि असाधारण योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्न यी पुरस्कारहरूको स्थापना गरेका थिए ।

उनले आफ्नो सम्पत्ति त्यसै उद्देश्यका लागि कोषका रूपमा राखेका थिए । नोबेल पुरस्कार पहिलोपटक सन् १९०१ मा प्रदान गरिएको थियो ।



  • प्रकाशित मिति : २० असोज, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया