१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

प्राकृतिक विपदपछि हैजाको जोखिम, सरकारले भन्यो- सावधानी अपनाउनू
फाइल तस्बिर

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्मा झाडापखाला र हैजा फैलिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।  


मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बाढीपहिरो तथा डुबानका कारण हैजा र झाडापखालालगायत पानीजन्य रोग लाग्न सक्ने भन्दै त्यसबाट बच्नका लागि सतर्कता अपनाउन आग्रह गरेका छन् । उमालेर वा ‘क्लोरिन’ झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन उनले आग्रह गरेका हुन् ।



प्रवक्ता बुढाथोकीद्वारा जारी सन्देशमा भनिएको छ, ‘खानेपानीलाई सधैँ सफा भाडामा ढाकेर राख्न र सफा भाडाले मात्र खानेपानी निकाल्नु होला ।  खानेकुरालाई राम्ररी पकाएर मात्र खान र सडेगलेको, बासी र झिङ्गा भन्केको खानेकुरा नखान र खानेकुरा सफा भाडाले ढाकेर मात्र खान आग्रह छ ।’ 

यसैगरी खाना बनाउनुअघि, खाना खानु वा खुवाउन अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहर चलाएपछि घर वा कार्यालय छिर्नुअघि, बाहिरी सामान छोएपछि साबुनपानीले कम्तीमा २० सेकेण्डसम्म मिचिमिची हात धुन मन्त्रालयले आग्रह गरेको छ । 



साबुनपानी उपलब्ध नभएमा ‘स्यानिटाइजर’ प्रयोग गर्न सबैलाई अनुरोध गरिएको छ । मन्त्रालयले प्राकृतिक विपद्मा चर्पीमा मात्र दिसापिसाब गर्न र बालबालिकाको दिसापिसाबलाई चर्पीमा नै फाल्न आग्रह गरेको छ ।

यस्तै, झाडापखाला भई हालेमा तुरुन्तै पुर्नजलीय झोलसँगै प्रशस्त मात्रामा पोषिलो झोलिलो खानेकुरा खानसमेत आग्रह गरिएको छ ।  



  • प्रकाशित मिति : २० असोज, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया