किवीबारे तपाईंलाई थाहा नभएका ४ फाइदा

एजेन्सी– किवी अत्यन्त लोकप्रिय फल हो । स्वादिलो यो फल खानेहरु धेरै हुन्छन्, तर यसबाट हुने फाइदाबारे जानकार कमै होलान् । जे होस्, यो फल खाँदा हुनसक्ने चार फाइदाबारे जान्नु राम्रो नै हुनेछः

 

घाउलाई थप बिग्रनबाट जोगाउँछ
भिटामिन सी भरपूर मात्रामा पाइने भएकाले किवीले एन्टी–अक्सिडेन्टको काम गर्छ । यसले हाम्रो शरीरलाई विभिन्न इन्फेक्सन बनाउने कामबाट मुक्त राख्छ ।

 

कोलेस्ट्रोल कन्ट्रोल गर्छ 
किवीले कोलेस्ट्रोल कन्ट्रोलमा पनि ठूलो सहयोग पुर्याउँछ । यसको नियमित सेवन गर्ने हो भने शरीरमा कोलेस्ट्रोल बढ्न पाउँदैन । यसले मुटुसँग सम्बन्धी विभिन्न रोग लाग्नबाट पनि बचाउँछ । 

 



जोर्नी दुख्ने समस्या भएकालाई फाइदाजनक
किवीमा यस्तो गुण हुन्छ जसले अर्थराइटिस (बाथरोग) भएका बिमारीहरुलाई सहज बनाउँछ । जोर्नी दुख्ने समस्या भएका व्यक्तिहरुलाई यसले निकै ठूलो फाइदा गर्छ । यसले शरीर भित्र भएका अन्य समस्याहरुबाट पनि दुःख मुक्त गराउन धेरै सहयोग गर्छ ।

 



कब्जियत हुन दिँदैन 
किवीमा फाइबरको मात्रा निकै धेरै हुन्छ । किवीको नियमित सेवनका कारण कब्जियत समस्या भएकाहरुलाई यो रोगबाट मुक्तिसमेत मिल्छ । 
 

  • प्रकाशित मिति : जेठ ३२, २०७६ शनिबार २०:५१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया