सिरिजमा जीवित रहन जित्नैपर्ने खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ। मंगलबार भएको खेलमा नेपालले ६ विकेटको जित निकालेको हो।
चौथो खेलमा मलेसियाले दिएको ११२ रनको लक्ष्य नेपालले १७.३ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।
नेपालको जितमा कप्तान इन्दु बर्माले सर्वाधिक ४८ रन बनाइन्। उनी अविजित रहेकी हुन्।
योसँगै पाँच खेलको सिरिज २-२ को अवस्थामा पुगेको छ। नेपाल र मलेसियाबीचको अन्तिम खेल भोलि हुनेछ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।