मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चाडै देशमा नेपाल र नेपाली नागरिकहरूले चाहेको संवैधानिक राजसंस्था सहितको व्यवस्था आउने दाबी गरेका छन् ।
मंगलबार सामाजिक संजालमा आफ्नो धारणा राख्दै उनले काठमाडौं केन्द्रित भई देशभरी हुने आन्दोलनका लागि तयार रहन अनुरोध पनि अनुरोध गरेका छन् ।
जेनजी आन्दोलन समेत पश्चिमाहरूको डिजाइनमा भएको भन्दै उनले २०४७ सालको संविधान पुनः स्थापना गर्नु आवश्यक रहेको औंल्याएका छन् । उनले संवैधानिक राजसंस्था सहितको व्यवस्था आउने भएकाले हातमा दियो बोकेर दीपावली गर्नको लागि तयार रहन अनुरोध समेत गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।