१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

नेपाली महिला टिमले इरानसँग पनि मैत्रीपूर्ण फुटबल खेल्ने
फाइल तस्बिर

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आगामी कात्तिकमा इरान र भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।


यसअघि केवल भारतसँगको खेल तय गरिएको थियो । तर, पछिल्लो समन्वयपछि इरानसँग पनि थप एक खेलको कार्यक्रम तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ । 



फिफा विन्डोअन्तर्गत तय भएका यी दुई मैत्रीपूर्ण खेल भारतको शिलाङमा हुनेछ। नेपालले पहिलो खेल कात्तिक ७ गते (२४ अक्टोबर) इरानसँग खेल्नेछ भने दोस्रो खेल कात्तिक १० गते (२७ अक्टोबर) भारतसँग हुनेछ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको पछिल्लो वरियतामा भारत ६३औँ, इरान ७०औँ र नेपाल ८९औँ स्थानमा छन् । तेस्रो स्थानमा रहेका नेपाली टोलीका लागि यी दुई खेल उच्चस्तरीय अनुभवका रूपमा लिइएको छ ।



नेपालले पछिल्लोपटक एएफसी महिला एसियन कप छनोटमा सहभागिता जनाएको थियो । त्यसयता राष्ट्रिय टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक वा मैत्रीपूर्ण खेल खेलेको छैन ।
 



  • प्रकाशित मिति : २१ असोज, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया