२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

कप्तान इन्दु बर्माले रचिन् इतिहास

नेपाली महिला टोलीकी कप्तान इन्दु बर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेकी छन् । उनी यो कीर्तिमान बनाउने पहिलो नेपाली महिला क्रिकेटर बनेकी हुन् ।


इन्दुले उक्त उपलब्धि मंगलबार मलेसियाविरुद्ध खेलेको खेलमा हासिल गरेकी हुन् । मलेसियाविरुद्धको जितमा उनले ३९ बलमा ६ चौकासहित अविजित ४८ रनको इनिङ खेलिन् ।



इन्दुले हालसम्म ७७ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेकी छिन्, जसमा उनले १८ को औसतमा  १ हजार ४३ रन बनाएकी छन् । इन्दुको व्यक्तिगत उच्च स्कोर ५५ रन हो । 

उनीपछि नेपालका लागि सर्वाधिक रनकर्ताको सूचीमा सीता रानामगर छिन् । उनले ६३ खेलमा ९६५ रन बनाएकी छन् ।



त्यस्तै, पूर्वकप्तान रुबिना क्षेत्रीले ७८ खेलमा ९३६ रन बनाएकी छन् । यस्तै, पूजा महतोले छोटो करियरमै प्रभाव जमाउँदै ४३ इनिङ्समा ५ सय १६ रन जोडिसकेकी छन् । 
 



  • प्रकाशित मिति : २१ असोज, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया