१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

सुमना श्रेष्ठको माग- सबै दलीय भातृ संगठन खारेज गरियोस्
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले दलीय भातृ संगठन खारेज गर्नुपर्ने माग गरेकी छन् ।


मंगलबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले विद्यार्थीदेखि प्रशासन, प्राध्यापक र शिक्षकसम्मका दलीय भातृ संगठनले संस्था र पेसाको गरिमा घटाएको भन्दै ती संरचनाहरू अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरिन् । 



उनले हालैको घटनालाई औंल्याउँदै लेखेकी छन्, ‘युनिफर्ममा भएको विद्यार्थीलाई गोली हान्दा विद्यार्थी संगठन मौन रहन्छ । तर गोली चलाउन आदेश दिने दलका प्रमुखमाथि उजुरी गर्दा तुरुन्तै प्रतिवाद गर्न पुग्छ । यही कारणले दलीय भातृ संगठन, चाहे त्यो विद्यार्थीको होस्, प्रशासनको, प्राध्यापकको वा शिक्षकको, खारेज गर्नुपर्छ ।’

श्रेष्ठले प्रत्येक पेशा र भूमिकाको स्वतन्त्रता र मर्यादा कायम रहनु आवश्यक भएको बताउँदै भनेकी छन्, ‘सम्मानित पेसालाई सम्मानित रहन दिऊँ । विद्यार्थीलाई विद्यार्थी रहन दिऊँ ।’ 





  • प्रकाशित मिति : २१ असोज, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया