२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

नेपाल भर्सेस मलेसिया : सिरिज कसले जित्ला ?

नेपाल र मलेसियाले बुधबार टी–२० आई सिरिजको पाँचौं तथा अन्तिम खेल खेल्दै छन् । यी दुई टिमबीचको खेल बिहान ७ः४५ देखि सुरु हुनेछ । 


सिरिज अहिले २–२ को स्थितिमा छ । श्रृंखलाको पहिलो खेलमा नेपालले तीन रनले गुमाएको थियो । दोस्रो खेलमा भने नेपाल ६ विकेटले विजयी भयो ।



यद्यपि तेस्रो खेलमा नेपालले मलेसियासँग १३ रनको हार बेहोर्‍यो । चौथो खेलमा भने नेपालले फेरि ६ विकेटको सानदार जित निकाल्यो ।



अब नेपाल बुधबारको खेलमा पनि मलेसियालाई हराउँदै सिरिज ३–२ ले जित्ने योजनामा छ । 

यद्यपि घरेलु टिम मलेसियालाई हराएर श्रृंखला जित्न सहज छैन । किनकी नेपाली ब्याटर बाउन्ड्रीमा बढी निर्भर छन् । 

शारीरिकरूपमा पूर्ण फिट नहुँदा नेपाली खेलाडी सिंगल–डबल रन लिन निकै संघर्ष गरिरहेका छन् । र, नेपाली ब्याटर बढीजसो रनआउट भइरहेका छन् । 

यदि निर्णायक खेलमा नेपालले यो कमजोर पक्षमा सुधार गरे सिरिज नजित्ला भन्न सकिँदैन । 



  • प्रकाशित मिति : २१ असोज, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया