२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

निर्णायक खेलमा १०३ रनमा रोकियो मलेसिया, राजमती र कविताको उत्कृष्ट बलिङ

टी-२० आई शृंखलाको निर्णायक तथा अन्तिम  खेलमा मलेसियाले नेपाललाई १ सय ४ रनको लक्ष्य दिएको छ ।


कुआलालम्पुरमा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३ रन जोड्यो । मलेसियाका लागि कप्तान विनिफ्रेड दुराइसिंघामले ४० रनको योगदान दिँदै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याइन् । उनले आफ्नो इनिङमा पाँच चौका प्रहार गरेकी थिइन् ।



नेपालका बलरहरूले इन्निङभर नियन्त्रणयुक्त बलिङ गरे । विशेषतः राजमती ऐरी र कविता कुँवरले उत्कृष्ट प्रदर्शन गर्दै मलेसियाको रन गति रोकिदिए । राजमतीले तीन ओभरमा १५ रन खर्चिएर तीन विकेट लिइन् । कविताले चार ओभरमा १६ रन दिँदै तीन विकेट हात पारिन् ।  

नेपालले अहिले सिरिज आफ्नो पक्षमा पार्ने सुनौलो अवसर पाएको छ । पाँच खेलको टी–२०आई सिरिजमा नेपालले यो खेल जिते ३–२ को जितसँगै उपाधि हात पार्नेछ । 





  • प्रकाशित मिति : २२ असोज, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया