१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

व्यावसायिक फुटबलबाट जोर्डी अल्बाले लिए संन्यास

इन्टर मियामीका डिफेन्डर जोर्डी अल्बाले यस सिजनको मेजर लिग सकर (एमएलएस) प्लेअफ सकिएपछि व्यावसायिक फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् ।


यससँगै लिओनल मेसीका पूर्वसहकर्मीमध्ये यो वर्ष खेलबाट विदा लिने उनी दोस्रो खेलाडी बनेका छन् । 



३६ वर्षका अल्बाले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै भनेका छन्, ‘अब मेरो जीवनको एक अर्थपूर्ण अध्याय समाप्त गर्ने समय आएको छ । यो सिजनको अन्त्यसँगै मैले व्यवसायिक फुटबलबाट विदा लिने निर्णय गरेको छु। यो निर्णय मैले पूर्ण विश्वास र शान्तिका साथ गरेको हुँ ।’

गत शनिबार इन्टर मियामीले सर्जियो बुस्केट्सलाई बिदाइ गरेको तीन दिनपछि अल्बाले पनि सन्न्यास घोषणा गरेका हुन् । उनको मियामीसँगको सम्झौता सन् २०२७ सम्मको भए पनि उनले समयअघि नै खेल जीवन टुंग्याउने निर्णय गरेका हुन् ।



मेसीले सन् २०२३ को जुन महिनामा इन्टर मियामीमा जाने घोषणा गरेलगत्तै अल्बा पनि त्यहाँ पुगेका थिए । बार्सिलोनामा रहँदा उनले क्लबलाई ६ ला लिगा, ५ कोपा डेल रे र सन् २०१५ मा युरोपियन च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए ।



  • प्रकाशित मिति : २२ असोज, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया