राष्ट्रिय टोलीका युवा क्रिकेटर विवेक यादवको घुँडाको सफल शल्यक्रिया सम्पन्न भएको छ । करिब दुई हप्ता अघि घर नजिकै मोटरसाइकल चिप्लिएर उनी घाइते भएका थिए ।
घटनापछि यादवको उपचार प्रक्रिया सुरु गरिएको थियो । चिकित्सकको सिफारिसअनुसार उनको घुँडाको शल्यक्रिया हालै सम्पन्न भएको हो ।
चिकित्सकको प्रारम्भिक मूल्याङ्कनअनुसार उनलाई पूर्णरूपमा रिकभर भएर पुनः खेल मैदानमा फर्किन ९ देखि १२ महिना लाग्न सक्ने अनुमान गरिएको छ ।
विवेकले नेपालका लागि हालसम्म १९ टी–२० आई खेलेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।