जब ६१ वर्ष खाेजेपछि जीवित भेटिइन् आमा

एजेन्सी– आयरल्यान्डको डबलिनमा बस्ने एलिन म्याकेनले ६१ वर्षसम्म खोजेर आफ्नी १०३ वर्षीय आमालाई  भेटाएकी छन् । जन्मेदेखि अनाथालयमा हुर्किएकी एलिनले पहिलो पटक १९ वर्षको उमेरमा आफ्नी आमा अझै ज्युँदै भएको थाहा पाएकी थिइन् । 

१९ वर्षको उमेरदेखि आमा खोज्न सुरु गरेकी उनले यही महिनामा आफ्नी आमालाई भेट्टाएकी छन् । 

एलिनको जन्म डबलिनस्थित बेथेनी होम अनाथालयमा भएको थियो । १९५० भन्दा अगाडि यो ठाउँ चोरी, वेश्यावृत्ति र बच्चा मार्ने जस्ता अपराधिक गतिविधिका लागि बदनाम थियो । 

कतिपय आमाहरु विवाहभन्दा अगाडि जन्मिएका बच्चालाई त्यही अनाथालयमा छोडेर हिँड्छन् । आमाबुवा नभएको कारण एलिनले धेरै सामाजिक समस्या भोग्नुपर्यो । एलिन परिवारका बारेमा कसैले सोध्दा आफूलाइ नराम्रो लाग्ने बताउँछिन् । 

अनाथालयबाट निस्किएपछि एलिनले धेरैपटक आफ्नो परिवारको बारेमा जान्न प्रयास गरेकी थिइन् । जसका लागि उनलाई जेनोलोजिस्टको सहयोग लिन सुझाव दिइयो । जेनाेलाेजिस्टकाे सहयाेगमा उनले आमा भेटेकी हुन्

एलिन अहिले ८१ वर्षकी भइन् । ६१ वर्षको प्रयासपछि उनले आफ्नी आमालाई पत्ता लगाइन् । आमा खोजेपनि अहिलेसम्म उनीहरुको भेट भएको छैन् । उनीहरुको फोनमा कुराकानी भएको छ । 



आमासँग फोनमा कुरा गर्दा एलिनले आफ्नो ७० वर्षको सौतेनी भाइ पनि रहेको जानकारी पाएकी छन् । 


 



  • प्रकाशित मिति : असार १, २०७६ आइतबार ०:६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया