आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा आयोजक ओमानले विजयी सुरुवात गरेको छ । पहिलो जित निकाल्नेक्रममा उसले बुधबारको पहिलो खेलमा सामोआलाई ५ विकेटले हरायो ।

सामोआले दिएको ९३ रनको झिनो लक्ष्य ओमानले १७ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सामोआले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९२ रन मात्र बनायो ।
प्रतिस्पर्धात्मक लक्ष्य दिन नसक्दा सामोआले फराकिलो हार बेहोर्यो । विश्वकप छनोटमा नेपालले आजै कुवेतको सामना गर्दैछ । नेपाल र कुवेतबीचको खेल राति ८ः४५ देखि सुरु हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।