ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । नेपालले पहिलो विकेट २.३ ओभरमै गुमायो ।
नेपालले पहिलो विकेटको रूपमा आसिफ शेखलाई गुमाएको हो । उनले आज सात बलमा २ रन मात्र जोडे ।
नेपालले आज टस हारेर ब्याटिङको मौका पाएको हो । हालसम्म नेपाल र कुवेतबीच तीनवटा टी–२० आईमा भेट भएको छ, जसमा नेपालले दुई र कुवेतले एक खेल जितेको छ ।
आजै भएको पहिलो खेलमा आयोजक ओमानले सामोआ तथा दोस्रो खेलमा यूएईले कतारलाई हराएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।