किन दुख्छ ढाड ? यस्ता छन् कारण र समधान

नेपाली समाजमा ढाड दुख्ने समस्यालाई ‘चस्को पसेको’ वा कसैले ‘झस्को पसेको’ पनि भन्ने गर्दछन् । यो समस्या कुनै कुनै बेला सबैमा देखा पर्दछ । ढाड दुख्दा मानिस आत्तिने गर्दछन् । मलाई ठुलै रोग लाग्यो भनेर तनाव लिने पनि गर्छन् । तर, यसलाई सामान्य रुपमा ध्यान दिन सकियो भने यो समस्याबाट बच्न सकिन्छ । आजभोलि शहरमा मानिसहरुमा देखिएको विलासीपनले यो समस्या बढी देखिएको छ ।

यो एक पुरानो समस्याको रुपमा रहेको छ । गाउँमा रहेका मानिसहरुमा धेरै काम गर्ने तथा गह्रौं भारी बोक्ने गर्दा यस्तो समस्या बढी देखिने गर्दछ । कहिलेकाहीँ ढाड दुख्ने समस्या अरु कारणले पनि देखा पर्ने गर्दछ । यो समस्या बढी मात्रामा महिलाहरुमा देखिँदै आएको छ । यस्तो अवस्था आएमा चिकित्सकलाई देखाउनु पर्ने हुन्छ । आजकाल एक्स रे तथा एमआरआई सीटीस्कयान गरेर दुखेको कारण पनि पत्ता लगाउने गरिन्छ ।

तर, औषधि सेवन तथा विभिन्न रुपमा हेर जाचँ गर्दा पनि यस्ता रोग पत्ता लागाउन सकिँदैन । मांसपेशी र लिगामेन्ट तन्किने, खुम्चिने कारणले गर्दा ढाड दुख्ने समस्या देखा पर्दछन् ।

ढाड दुख्ने प्रमुख कारणहरु

१.सुताई नमिल्दा

२.काम गर्ने तरिका नमिलेर



३.गह्रौं सामन बोक्दा

४.धुम्रपान सेवन गर्नाले हड्डी मर्किएर



५.शारीरिक रुपमा कमजोर भएर

६. लामो समयसम्म कम्प्युटर तथा मोबाइल चलाउने गर्दा

७. नशासम्बन्धी रोग देखा परेमा

८. खानपानले आन्द्रामा पार्ने असरले

९. साधारण कब्जियत तथा मेरुदण्ड देखिने संक्रमणको समस्याले

१०.माटोपन, मधुमेह, दम, टिभी, टुउमरलगायतका रोग

समधानका उपायहरु

१.धेरै समय निहुरिएर काम नगर्ने तथा धेरै गह्रौ समान नबोक्ने ।

२.धेरै लचकचार बेडमा नसुत्ने ।

३.धेरै समय टिर्भी, मोबाइल र ल्यापटप नचलाउने ।

४.बच्चाहरुमा धेरै समय ढाड दुख्ने समस्या खतराको लक्षण हो । यस्तो समस्या देखियो भने तुरुन्त चिकित्सका गएर जचाँउनूपर्दछ ।

५.विहान बेलुका प्रर्याप्त मात्रामा कसरत गर्ने ।

६.ढाड दुखाई सँगैहरु पनि लक्षण देखा पर्दछन् । ज्वरो आउने , हातखुट्टा झमझमाउने तथा शरीरका विभिन्नि अङगहरु दुख्ने हुन्छ भने चिकित्सक कहाँ गएर सल्लाह लिनु पर्दछ ।

-हार्डजोर्नी बिशेषज्ञ डा. भाष्करराज पन्त कुराकानीमा आधारित

  • प्रकाशित मिति : असार १, २०७६ आइतबार १:३४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया