२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

नेपालले कुवेतलाई दियो १४२ रनको लक्ष्य, कुशलको अर्धशतकीय इनिङ

ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटमा नेपालले कुवेतलाई १ सय ४२ रनको लक्ष्य दिएको छ ।

अल अमेरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो । नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले ।   



उनले ५६ बलमा तीन छक्का र तीन चौकासहित ६६ रनको पारी खेलेका हुन् । टी–२० आईमा कुशलको यो १२औँ अर्धशतक हो । अलराउन्डर गुलशन झाले आक्रामक ब्याटिङ गरे । उनले ६ बलमा तीन छक्कासहित २० रन बनाए । 

यस्तै, उपकप्तान दीपेन्द्र सिंह ऐरीले २०, कप्तान रोहितकुमार पौडेलले १६ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चेन्थमाराले सर्वाधिक दुई/दुई विकेट लिए । 



जारी प्रतियोगितामा नेपाल र कुवेत पहिलो म्याच खेलिरहेका हुन् । हालसम्म नेपाल र कुवेतबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि तीनपटक सामना भएको छ, जसमा नेपालले दुई खेल जितेको र कुवेतले एक खेल आफ्नो पक्षमा पारेको छ ।

जारी विश्वकप छनोटमा आजै भएको पहिलो खेलमा आयोजक ओमानले सामोआलाई पराजित गरेको थियो । यस्तै, दोस्रो खेलमा यूएईले कतारविरुद्ध ७ विकेटको सहज जित निकाल्यो । 



  • प्रकाशित मिति : २२ असोज, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया