७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

कुवेतविरुद्ध नेपाल जित उन्मुख, सन्दीपको उत्कृष्ट पुनरागमन
फाइल तस्बिर

ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध नेपालले उत्कृष्ट बलिङ गरेको छ । 

नेपालले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याइरहेको कुवेतले १५ ओभरमा महत्वपूर्ण आठ विकेट गुमाएर ७६ रन बनाएको छ । 



कुवेतले रविजा सन्दारुवान, उस्मान पटेललाई शून्य, मीत भावसारलाई ११, क्लिन्टो एन्टोलाई २६,  यासिन पटेललाई १९ तथा कप्तान मोहम्मद अश्लामलाई सात रनमा गुमायो ।

अहिलेसम्म नेपालका लागि कप्तान रोहितकुमार पौडेल र सन्दीप लामिछानेले दुई/दुई तथा सोमपाल कामी, ललितनारायण राजवंशी र नन्दन यादवले एक विकेट लिएका छन् । यस्तै, दीपेन्द्र सिंह ऐरीले रनआउटमार्फत नेपाललाई विकेट दिलाए । 



त्यसअघि अल अमेरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो । नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले ।  उनले ५६ बलमा तीन छक्का र तीन चौकासहित ६६ रनको पारी खेलेका हुन् । टी–२० आईमा कुशलको यो १२औँ अर्धशतक हो । 
 



  • प्रकाशित मिति : २२ असोज, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया