७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, कुवेतलाई ५८ रनले हरायो

ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । विजयी सुरुवात गर्नेक्रममा नेपालले बुधबार राति कुवेतलाई ५८ रनले हरायो । 

कुवेतले भने हारबाट प्रतियोगिताको सुरुवात गर्‍यो । नेपालले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ अ‍ोभरमा ८३ रनमा अलआउट भयो ।  



उसका लागि क्लिन्टो एन्टोले २६,  यासिन पटेलले १९ र मीत भावसारले ११ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।  

नेपालका लागि कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने र ललित नारायण राजवंशीले दुई/दुई तथा सोमपाल कामी, कुशल भुर्तेल र नन्दन यादवले एक/एक विकेट लिए । 



यस्तै, दीपेन्द्र सिंह ऐरीले रन आउटमार्फत नेपाललाई महत्वपूर्ण एक विकेट दिलाए ।  

त्यसअघि अल अमेरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो ।

नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले ।  उनले ५६ बलमा तीन छक्का र तीन चौकासहित ६६ रनको पारी खेलेका हुन् । टी–२० आईमा कुशलको यो १२औँ अर्धशतक हो ।  



यस्तै, अलराउन्डर गुलशन झाले आक्रामक ब्याटिङ गरे । उनले ६ बलमा लगातार तीन छक्कासहित २० रन बनाए ।

यस्तै, उपकप्तान दीपेन्द्र सिंह ऐरीले २०, कप्तान रोहितकुमार पौडेलले १६ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चेन्थमाराले सर्वाधिक दुई/दुई विकेट लिए ।  

यो जितपछि नेपालले महत्वपूर्ण २ अंक जोडेको छ । नेपालले अब समूह चरणको दोस्रो खेलमा शुक्रबार जापानसँग खेल्ने तालिका छ ।    

  • प्रकाशित मिति : २२ असोज, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया