७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल, इतिहास बदल्ने मौका

एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंकविहीन नेपालले आज भियतनामविरुद्ध पहिलो अंक जोड्ने लक्ष्य राखेको छ ।

मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वाकांक्षा व्यक्त गरेका छन् । ‘हामी यहाँ आउन पाउँदा उत्साहित छौँ। तीन अंकका लागि खेल्नेछौँ, नभए कम्तीमा एक अंकका लागि प्रयास गर्नेछौँ,’ रसले बुधबारको प्रि–म्याच कन्फरेन्समा भने ।



उनका अनुसार लाओसविरुद्धको निराशाजनक प्रदर्शन सुधार्ने योजना टोलीले बनाएको छ। ‘यी प्रतियोगिताहरू खेलाडीहरूका लागि सपना देख्ने मञ्च हुन् । आगामी दुई खेल टोलीको क्षमताको परीक्षा हुनेछन्,’ उनले थपे ।

कप्तान किरण चेम्जोङले पनि भियतनामविरुद्ध सकारात्मक नतिजाको आशा व्यक्त गरे । ‘भियतनामसँग खेल्न पाउँदा उत्साहित छु । उनीहरूको आक्रमण बलियो छ । तर, हामी उत्कृष्ट प्रदर्शन गर्नेछौँ,’ उनले भने ।



नेपाल २२ वर्षपछि भियतनामसँग प्रतिस्पर्धामा उत्रँदैछ । यसअघि सन् २००३ को एसियन कप छनोटमा दुवै खेलमा नेपाल पराजित भएको थियो । फिफा वरियतामा भियतनाम ११४औँ र नेपाल १७६औँ स्थानमा छन् ।

नेपाल यसअघि मलेसिया र लाओससँग हार्दै समूहमा अन्तिम स्थानमा छ । भियतनामले लाओसलाई हराउँदै मलेसियासँग हार बेहोरेको छ ।

नेपाल र भियतनामबीचको खेल आज साँझ ६:१५ बजे हुनेछ ।  



  • प्रकाशित मिति : २३ असोज, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया