७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

इजिप्ट चौथोपटक विश्वकपमा, सलाहको सानदार प्रदर्शन

कप्तान मोहम्मद सलाहको प्रेरणादायी प्रदर्शनमा इजिप्टले आगामी वर्ष हुने फिफा विश्वकपमा स्थान सुरक्षित गरेको छ ।

बुधबार लार्बी जाउली रंगशालामा भएको अफ्रिकन छनोटको खेलमा इजिप्टले जिबुटीलाई ३–० ले पराजित गर्दै विश्वकपमा चौथोपटक प्रवेश गरेको हो । यसअघि इजिप्टले सन् १९३४, १९९० र २०१८ मा विश्वकप खेलेको थियो । 



जितसँगै इजिप्टले ९ खेलबाट २३ अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थान पक्का गरेको छ । दोस्रो स्थानको सिएरा लियोनभन्दा इजिप्ट पाँच अंकले अगाडि छ । अब समूहका सबै टोलीले एक–एक खेल मात्र खेल्न बाँकी छन् ।

इजिप्टका लागि कप्तान सलाहले दुई र इब्राहिम एडेलले एक गोल गरे । खेलको आठौं मिनेटमा एडेलले गोल गर्दै इजिप्टलाई अग्रता दिलाए भने १४औं मिनेटमा सलाहले टोलीको अग्रता दोब्बर बनाए । खेल सकिन छ मिनेट बाँकी रहँदा सलाहले दोस्रो गोल गर्दै जित सुनिश्चित गरे ।



इजिप्ट विश्वकपमा छनोट हुने तेस्रो अफ्रिकन राष्ट्र हो । यसअघि मोरक्को र ट्युनिसियाले पनि स्थान पक्का गरिसकेका छन् ।

विश्वकपमा अहिलेसम्म एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, जोर्डन, उज्बेकिस्तान र इरान, दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, उरुग्वे र पाराग्वे, तथा ओसिया–प्यासिफिक क्षेत्रबाट न्युजिल्यान्डले छनोट पूरा गरिसकेका छन् ।

आयोजक राष्ट्रका रूपमा अमेरिका, क्यानडा र मेक्सिको सिधै सहभागी हुनेछन् । ४८ टोली सहभागी हुने फिफा विश्वकप सन् २०२६ को जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ ।



  • प्रकाशित मिति : २३ असोज, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया