२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

बाढी-पहिरोका कारण आज पनि ९ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध
फाइल तस्बिर

अविरल वर्षा र बाढी–पहिरोका कारण देशका विभिन्न राजमार्गका नौ स्थानमा सडक आज पनि पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरीका अनुसार तीन स्थानमा भने सवारीसाधन एकतर्फी सञ्चालनमा छन् ।


कोसी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला र मकालु क्षेत्रमा सडक अवरुद्ध रहेको छ ।



त्यस्तै, मेची राजमार्गमा पर्ने इलाम नगरपालिका–९, पाँचथरको तमोर करिडोर, रसुवाको गोसाइँकुण्डस्थित पासाङ ल्यामु सडक, काभ्रेको रोसी गाउँपालिका–११ का माम्तीखोला, डालाबेसी, बुल्ढुंगा र बाँझोखेत क्षेत्रमा समेत सडक आवागमन बन्द भएको छ ।

सिन्धुलीको सुनकोसी गाउँपालिका–१ नेपालथोकमा पनि पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



पश्चिम क्षेत्रमा हुम्लाको खार्पुनाथ र कालीकोटको पचानझरा हुँदै जाने कर्णाली करिडोरका सडक खण्डहरू पनि आज बिहानसम्म चलायमान हुन सकेका छैनन् ।

त्यसैगरी, संखुवासभाको साँगुरिगढीस्थित कोसी राजमार्ग, मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवा खोलास्थित कान्ती लोकपथ, र मकवानपुरकै बकैया गाउँपालिका–११ घट्टेपाखा क्षेत्रमा भने सवारीसाधन एकतर्फी रूपमा सञ्चालन भइरहेको प्रहरीले जानकारी दिएको छ ।

एकतर्फी सञ्चालन भएका सडकमा पनि ठूला गाडीको चाप बढेकाले ट्राफिक अवरोध भइरहेका र सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडकको सूची :



  • प्रकाशित मिति : २३ असोज, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया