२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

सुनको मूल्य निरन्तर उकालाे, प्रतितोला २ लाख ३९ हजार हजार नाघ्यो

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन १ हजार २०० रुपैयाँले महँगो भएको छ ।  


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार २ लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज १ हजार २०० रुपैयाँले बढेर २ लाख ३९ हजार २०० रुपैयाँमा कायम भएको छ । 



चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी २ हजार ९५५ मा खरिदबिक्री भएकोमा आज त्यति नै परिमाणको चाँदी ३ हजार २५ मा क्रयविक्रय भइरहेको महासङ्घका जनाएको छ ।  

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  





  • प्रकाशित मिति : २३ असोज, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया