ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटमा मलेसियाले कतारलाई १ सय २४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनायो ।
उसका लागि विरनदीप सिंहले अर्धशतकीय पारी खेले । उनले ५४ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ६२ रनको पारी खेलेका हुन् । विरनदीपको यो २२औँ अर्धशतक हो ।
यस्तै, मोहम्मद अफिजले २३ र शर्विन मुनियान्डीले १४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । कतारका लागि मिर्जा मोहम्मद बैगले चार, ओइस अहमदले तीन तथा मुहम्मद जमानले एक विकेट लिए ।
जारी प्रतियोगितामा नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने तालिका छ । नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । कुवेतले आज जापानसँग खेल्दैछ । यी दुई टिमबीचको खेल अपरान्ह ४ः१५ देखि सुरु हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।