७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

विश्वकप छनोटमा मलेसियाविरुद्ध कतारको सानदार जित
फाइल तस्बिर

ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटमा कतारले पहिलो जित दर्ता गरेको छ । पहिलो जित निकाल्नेक्रममा कतारले बिहीबार मलेसियालाई ८ विकेटले हरायो ।

आफ्नो दोस्रो खेलमा मलेसियाले दिएको कतारलाई १ सय २४ रनको लक्ष्य कतारले १७.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि जुबियर अलीले ६५ र कप्तान मिर्जा मोहम्मद बैगले ३५ रन बनाए । उनीहरू दुवै अविजित रहे ।  



त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनायो ।  

उसका लागि विरनदीप सिंहले अर्धशतकीय पारी खेले । उनले ५४ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ६२ रनको पारी खेलेका हुन् । विरनदीपको यो २२औँ अर्धशतक हो ।  



यस्तै, मोहम्मद अफिजले २३ र शर्विन मुनियान्डीले १४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । कतारका लागि मिर्जा मोहम्मद बैगले चार, ओइस अहमदले तीन तथा मुहम्मद जमानले एक विकेट लिए ।  

जारी प्रतियोगितामा नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने तालिका छ । नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । कुवेतले आज जापानसँग खेल्दैछ । यी दुई टिमबीचको खेल अपरान्ह ४ः१५ देखि सुरु हुनेछ ।



  • प्रकाशित मिति : २३ असोज, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया