७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

टियू मैदान अनुगमनपछि मन्त्री घिसिङको निर्देशन- एनपिएल सुरु हुँदैछ, सबै काम सक्नू

भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले टियू क्रिकेट मैदानको अनुगमन गरेका छन् ।  बिहीबार मन्त्री घिसिङले कीर्तिपुरस्थित टियू क्रिकेट मैदानको अनुगमन गरेका हुन् ।

उक्त मैदानको अनुगमन गर्दै उनले टियु क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा भएको बताए । उनले यो नेपालको आवश्यकता भएकाले जुनसुकै सरकार आए पनि टियू क्रिकेट मैदानलाई प्राथमिकता दिएरै अगाडि लानुपर्ने बताए ।



उनले  भने, ‘धेरै खेलको पूर्वाधारहरू बनाउनुपर्ने छ । अरुपनि पूर्वाधारहरूलाई हामीले प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । टियू क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा हो । यो नेपालको आवश्यकता हो । आम नेपाली जनताको वा खेलाडीहरूको चाहना हो । यसलाई कुनै पनि सरकार आए पनि प्राथमिकता दिएरै अगाडि लानुपर्छ ।’



उनले त्रिवि क्रिकेट मैदानको काम चाँडो सक्न निर्देशन दिएका छन् । घिसिङले एक महिनाभित्र काम सक्न निर्देशन दिएका हुन् ।

उनले मैदानको पहिलो फेजको काम करिब अन्तिम चरणमा पुगेको र दोस्रो एवं तेस्रो फेजको काम अघि बढेको बताए । उनले नेपाल प्रिमियर लिग एनपिएल सुरु हुनु पूर्व नै फ्लर्ड लाइटको काम सक्न निर्देशन दिएका हुन् । ‘उनले भने १७ नोभेम्बर देखि एनपिएल सुरु हुँदै छ, सबै काम सक्नुस् ।’

उनले अब ४० दिनभन्दा कमको समय बाँकी रहेको भन्दै दिनरात नभनी काम गर्न पनि निर्देशन दिए । निर्माण कम्पनीका प्रतिनिधि सरोज दाहालले काम अन्तिम चरणमा पुगेको बताउँदै एनपिएल अघि तयार हुने बताए ।

अवलोकनका क्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले मन्त्रीसहितको टोलीलाई मैदान निर्माणको वस्तुस्थितिबारे जानकारी गराएका थिए ।



  • प्रकाशित मिति : २३ असोज, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया