७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

विश्वकप खेलेका क्रिकेटरको नाममा हुलाक टिकट प्रकाशन

हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ । 

उक्त हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज हुलाक सेवा विभागद्वारा आयोजित कार्यक्रममा टाँचा लगाए । 



विश्व हुलाक दिवस २०२५ का अवसरमा आइसिसी पुरुष विश्वकप र आइसिसी महिला यू–१९ विश्वकप प्रतियोगितामा सहभागी खेलाडीको तस्बिर अङ्कित हुलाक टिकटमा टाँचा लगाउनुका साथै प्रदर्शनी गरेको हो ।

खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली क्रिकेट खेलाडीको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको विभागले जनाएको छ ।



विभागले १७ चैत २०८१ को निर्णयअनुसार १० रुपैयाँ दरको पाँच लाखप्रति हुलाक टिकट प्रकाशन गरेको हो ।

नेपाल सन् २०२४ को जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा भएको नवौँ संस्करणको विश्वकपमा सहभागी भएको थियो । 

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा दोस्रो हुँदै नेपाली टिम विश्वकप खेल्न सफल भएको थियो । त्यसैगरी महिला क्रिकेटको उमेर समूह अन्तर्गत यू–१९ विश्वकप क्रिकेटमा नेपाली टिमले खेलेको थियो ।  



  • प्रकाशित मिति : २३ असोज, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया