२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

भियतनामविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, अञ्जन विष्ट बेन्चमा
फाइल तस्बिर

एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत भियतनामविरुद्ध बिहीबार हुने खेलका लागि नेपालको पहिलो रोजाइ सार्वजनिक गरिएको छ ।


मुख्य प्रशिक्षक म्याथ्यू रसले फरवार्ड अञ्जन विष्टलाई प्रारम्भिक ११ मा नराखी बेन्चमा राख्ने निर्णय गरेका छन् । 



खेल भियतनामको हो चिमिन सहरस्थित गो डाउ रंगशालामा हुने तय भएको छ । नेपाल ४–३–३ को अट्याकिङ रणनीतिमा मैदानमा उत्रिनेछ ।

अग्रपङ्क्तिमा जिलेश्पीजंग कार्की केन्द्रमा रहनेछन्, जसलाई आयुष घलान र मनिष डाँगी ले दायाँ–बायाँ विंगरको रूपमा साथ दिनेछन् ।



गोलकिपरको भूमिकामा नियमित कप्तान किरण चेम्जोङ रहनेछन् ।

रक्षापङ्क्तिमा: 

राइटब्याक — सनीस श्रेष्ठ (पुनरागमन)

सेन्टरब्याक — अनन्त तामाङ र सुमन श्रेष्ठ



लेफ्टब्याक — रोहित चन्द

मिडफिल्डमा भने रोहन कार्की, लाकेन लिम्बू, र एरिक विष्ट रहने छन् ।

नेपालले आक्रामक रणनीतिमा खेल्ने योजना बनाएकाले युवा खेलाडीको प्रदर्शनमा सबैको नजरकेन्द्रित हुने अपेक्षा गरिएको छ ।

  • प्रकाशित मिति : २३ असोज, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया