एफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत बिहीबार हो चिमिन सहरस्थित गो डाउ रंगशालामा भइरहेको खेलमा नेपालले घरेलु टोली भियतनामलाई पहिलो हाफमा १–१ को बराबरीमा रोकेको छ ।
खेलको ९औं मिनेटमा भियतनामले अग्रता लिएको थियो । फरवार्ड एनग्युएन टिन लिनले डिफेन्स चिर्दै गोल गर्दै टिमलाई १–० को अवस्थामा ल्याए । तर, १७औं मिनेटमा नेपालले गोल फर्कायो ।
मिडफिल्डर रोहन कार्कीको फ्रिकिकमा राइटब्याक सनिष श्रेष्ठले हेडमार्फत गोल गर्दै स्कोर बराबरीमा ल्याए । अन्तर्राष्ट्रिय फुटबलमा यो श्रेष्ठको पहिलो गोल हो ।
२५औँ मिनेटमा भियतनामले अर्को गोल गरे पनि त्यसलाई अफसाइडको निर्णय दिँदै लाइन्सम्यानले अस्वीकृत गरे । त्यसपछि नेपालले खेलमा राहतको सास फेर्यो ।
पहिलो हाफको इन्जुरी समयमा नेपाल १० खेलाडीमा सीमित हुन पुग्यो । लाकेन लिम्बूले भियतनामको गोल प्रयासमा बाधा पुर्याएको भन्दै सोझै रातो कार्ड पाएपछि उनलाई मैदानबाट बाहिरिनुपर्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।