श्रीलंकन फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूलाई हटाएपछि नेपाल र अफगानिस्तानमा फुटबलको अवस्था खराब भएको बताएका छन् ।
एएफसी एसियन कप २०२७ छनोट अन्तर्गत बिहीबार कोलम्बोस्थित रेसकोर्स ग्राउन्डमा श्रीलंका र तुर्कमेनिस्तानबीचको खेलअघि पत्रकारसँग कुरा गर्दै उनले नेपाल र अफगानिस्तान दुवैमा मिडियाले आफूविरुद्ध अभियान चलाएको दाबी गरे ।
‘मलाई नेपाल र अफगानिस्तान दुवैमा निशाना बनाइयो,’ उनले भने, ‘तर, त्यसको असर मलाई होइन, उनीहरूको फुटबलमा पर्यो । त्यसैले म श्रीलंकाली फ्यान र मिडियालाई अनुरोध गर्छु- खेलाडीलाई विवादमा नतार्नुस् । संघसँग समस्या छ भने संघसँग लड्नुस्, ओलम्पिक समितिसँग छ भने त्यहाँ बहस गर्नुस् ।’
४३ वर्षीय कुवेती प्रशिक्षक अल्मुताइरी करिब डेढ वर्ष नेपाल राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक रहेका थिए । कतार फुटबल संघको सहयोगमा उनी प्रो–लाइसेन्स प्रशिक्षकका रूपमा फुटबल विकासका लागि सन् २०२१ मा नेपाल आएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।