एमसीए वुमन्स इन्टरस्टेट टी–२० च्याम्पियनसिपमा नेपालका ६ खेलाडी पनि सहभागी हुने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सीता राना मगर, कविता जोशी, राजमती ऐरी, रुबिना क्षेत्री, पूजा महतो र कविता कुँवरले उक्त प्रतियोगितामा सहभागिता जनाएका हुन् ।
सीता, कविता जोशी र राजमतीले सेलाङ्गर क्रिकेट एसोसिएसन तथा रुबिना, पूजा र कविता कुँवरले सरावक क्रिकेट एसोसिएसनका लागि खेल्ने छन् ।
प्रतियोगिता मलेसियन क्रिकेट संघको आयोजनामा यही अक्टोबर १८ देखि २८ सम्म क्वालालम्पुरमा हुनेछ । नेपाली महिला टोलीले यसअघि मलेसियामै सुपर वुमन सिरिजमा पनि सहभागिता जनाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।