२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

समूह ‘ए’ बाट यूएई र कतार विश्वकप छनोटको सुपर सिक्समा
फाइल तस्बिर

यूएई ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटको सुपर सिक्समा प्रवेश गरेको छ । 

शुक्रबार मलेसियालाई ६ विकेटले हराउँदै यूएई विश्वकप छनोटको सुपर सिक्समा प्रवेश गरेको हो । यूएईको जितले समूह ‘ए’ बाट कतारले पनि सुपर सिक्समा स्थान बनायो ।



यूएई समूह विजेता तथा कतार समूह उपविजेताको हैसियतामा सुपर सिक्समा पुगेका हुन् । 

मलेसियाको विश्वकप छनोट यात्रा भने समाप्त भएको छ । आफ्नो दोस्रो खेलमा मलेसियाले दिएको १ सय ६२ रनको लक्ष्य यूएईले १९.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।



उसका लागि कप्तान मोहम्मद वासिमले सानदार इनिङ खेले । उनले ५३ बलमा ९ चौका र ४ छक्कासहित ८४ रनको इनिङ खेलेका हुन् ।

यस्तै, आलिशान सराफुले ३४, हर्षित कौसिकले अविजित १८ तथा बसिल हमीदले १२ रन जोडे । मोहम्मद इरफान ११ रनमा आउट भए । मलेसियाका लागि कप्तान सैयद अजिजले सर्वाधिक दुई विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६१ रन बनायो । उसका लागि अहमद फैजले अर्धशतकीय पारी खेले । उनले ३९ बलमा दुई चौका र तीन छक्काको सहयोगमा अविजित ५४ रनको पारी खेलेका हुन् ।

यस्तै, मोहम्मद हजिक र शर्विन मुनियान्डीले ४१/४१ रन जोडे । यूएईका लागि जुनैद सिद्दिकी, मोहम्मद इरफान, ध्रुव परासर र मोहम्मद रोहिदले एक/एक विकेट लिए । 



जारी विश्वकप छनोटमा नेपालले दोस्रो खेलमा आज जापानको सामना गर्दैछ । नेपाल र जापानबीचको खेल अपरान्ह ४ः१५ देखि सुरु हुनेछ । 

  • प्रकाशित मिति : २४ असोज, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया