यूएई ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत जापानविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपाल र जापानबीचको खेल अपरान्ह ४ः१५ देखि सुरु हुनेछ ।
आजको खेलमा नेपालले प्लेइङ–११ मा परिवर्तन गरेको छैन । जारी प्रतियोगितमा दुवै टिम लगातार दोस्रो जितको खोजीमा छन् ।
नेपाल र जापानले आफ्नो पहिलो खेलमा कुवेतलाई हराएका थिए । यी दुई टिम एक खेलअगावै सुपर सिक्समा पुगिसकेका छन् ।
अब आज नेपाल र जापान समूह ‘बी’ को विजेता बन्ने लक्ष्यमा छन् ।
आजको खेल सुपर सिक्स चरणको सरह हो । किनकी आज खेल जित्ने टिमले सुपर सिक्समा २ अंक बोनस पाउने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।