२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

जापानविरुद्ध नेपालको कसिलो बलिङ, दीपेन्द्रको उत्कृष्ट फिल्डिङ
फाइल तस्बिर

ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत जापानविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

टस जितेर बलिङ रोजेको नेपालले ३.२ ओभरको खेल सकिँदा ११ रन दिएर एक विकेट लिएको छ ।  



नेपाललाई पहिलो सफलता दीपेन्द्र सिंह ऐरीले दिलाए । उनले ३.२ ओभरमा अभिषेक आनन्दलाई एक रनमा रनआउट गरे ।   

जारी प्रतियोगितमा नेपाल–जापान लगातार दोस्रो जितको खोजीमा छन् । उनीहरूले आफ्नो पहिलो खेलमा कुवेतलाई हराएका थिए । 



नेपाल र जापान एक खेलअगावै सुपर सिक्समा पुगिसकेका छन् । अब उनीहरू आज समूह ‘बी’ को विजेता बन्ने लक्ष्यमा छन् । 

आजको खेल सुपर सिक्स चरणको सरह हो । यो खेल जित्ने टिमले सुपर सिक्समा २ अंक प्राप्त गर्नेछ । 
 



  • प्रकाशित मिति : २४ असोज, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया