ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत जापानविरुद्धको खेलमा नेपाली टिम विकेटका लागि संघर्ष गरिरहेको छ ।
१२ ओभरको खेल सकिँदा नेपालले एक विकेट मात्र लिन सकेको छ । जापानले १५ ओभरमा ९५ रन बनाइसकेको छ ।
टस जितेर बलिङ रोजेको नेपालले जापानको पहिलो विकेट ३.२ ओभरमा लिएको थियो । उसका लागि कप्तान केन्डेल काडोवाकी फ्लेमिङले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
उनले ४० बलमा ५ चौका र २ छक्कासहित अर्धशतक पूरा गरिसकेका छन् ।
नेपाललाई पहिलो सफलता दीपेन्द्र सिंह ऐरीले दिलाए । उनले ३.२ ओभरमा अभिषेक आनन्दलाई एक रनमा रनआउट गरे ।
जारी प्रतियोगितामा नेपाल–जापान लगातार दोस्रो जितको खोजीमा छन् । उनीहरूले आफ्नो पहिलो खेलमा कुवेतलाई हराएका थिए ।
नेपाल र जापान एक खेलअगावै सुपर सिक्समा पुगिसकेका छन् । अब उनीहरू आज समूह ‘बी’ को विजेता बन्ने लक्ष्यमा छन् ।
आजको खेल सुपर सिक्स चरणको सरह हो । यो खेल जित्ने टिमले सुपर सिक्समा २ अंक प्राप्त गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।