२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

जापानको दोस्रो विकेट गुम्यो, सोमपाललाई पहिलो सफलता

ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत जापानविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता सोमपाल कामीले दिलाएका छन् ।

उनले १२.५ ओभरमा इसाम रहमानलाई ३१ रनमा आउट गरे ।   



टस जितेर बलिङ रोजेको नेपालले जापानको पहिलो विकेट ३.२ ओभरमा लिएको थियो । उसका लागि कप्तान केन्डेल काडोवाकी फ्लेमिङले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

उनले अर्धशतकीय पारी पूरा गरिसकेका छन् । नेपाललाई पहिलो सफलता दीपेन्द्र सिंह ऐरीले दिलाए । उनले ३.२ ओभरमा अभिषेक आनन्दलाई एक रनमा रनआउट गरे ।   



जारी प्रतियोगितामा नेपाल–जापान लगातार दोस्रो जितको खोजीमा छन् । उनीहरूले आफ्नो पहिलो खेलमा कुवेतलाई हराएका थिए । 

नेपाल र जापान एक खेलअगावै सुपर सिक्समा पुगिसकेका छन् । अब उनीहरू आज समूह ‘बी’ को विजेता बन्ने लक्ष्यमा छन् । 

आजको खेल सुपर सिक्स चरणको सरह हो । यो खेल जित्ने टिमले सुपर सिक्समा २ अंक प्राप्त गर्नेछ ।  



  • प्रकाशित मिति : २४ असोज, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया