२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

जापानको छैटौँ विकेट गुम्यो, सन्दीपलाई दोस्रो सफलता
फाइल तस्बिर

ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत जापानविरुद्धको खेलमा नेपालले सानदार पुनरागमन गरेको छ । नेपालले पछिल्लो पाँच ओभरमा पाँच विकेट लिएको छ ।

नेपाललाई छैटौँ सफलता लेगस्पिनर सन्दीप लामिछानेले दिलाए । उनले १७औँ ओभरको अन्तिम बलमा डेक्लान सुजुकीलाई एक रनमा आउट गरे । 



नेपाललाई पाँचौं सफलता गुलशनकुमार झाले दिलाए । उनले १५.१ ओभरमा इब्राहिम ताकाहाशीलाई चार रनमा बोल्ड गरे । नेपाललाई चौथो सफलता स्पिनर सन्दीप लामिछानेले दिलाए । उनले १४.३ ओभरमा सबौरिश रविचन्द्रनलाई एक रनमा अबोल्ड गरे ।

नेपाललाई तेस्रो सफलता अलराउन्डर गुलशनकुमार झाले दिलाए । उनले १३.३ ओभरमा जापानी टिमका कप्तान केन्डेल काडोवाकी फ्लेमिङलाई ६० रनमा क्याचआउट गराए ।  



नेपाललाई दोस्रो सफलता सोमपाल कामीले दिलाए । उनले १२.५ ओभरमा इसाम रहमानलाई ३१ रनमा आउट गरे ।  

टस जितेर बलिङ रोजेको नेपालले जापानको पहिलो विकेट ३.२ ओभरमा लिएको थियो । नेपाललाई पहिलो सफलता दीपेन्द्र सिंह ऐरीले दिलाए । उनले ३.२ ओभरमा अभिषेक आनन्दलाई एक रनमा रनआउट गरे ।   

जारी प्रतियोगितामा नेपाल–जापान लगातार दोस्रो जितको खोजीमा छन् । उनीहरूले आफ्नो पहिलो खेलमा कुवेतलाई हराएका थिए । 

नेपाल र जापान एक खेलअगावै सुपर सिक्समा पुगिसकेका छन् । अब उनीहरू आज समूह ‘बी’ को विजेता बन्ने लक्ष्यमा छन् । 



आजको खेल सुपर सिक्स चरणको सरह हो । यो खेल जित्ने टिमले सुपर सिक्समा २ अंक प्राप्त गर्नेछ । 

  • प्रकाशित मिति : २४ असोज, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया