आज नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । बैठक शनिबार बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बस्न लागेको हो ।
पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकमा महाधिवेशनको मिति तोक्नेबारे छलफल हुनेछ ।
शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको एकतालाई सुदृढ गर्ने र पार्टी नेतृत्व पुस्तान्तरण गर्नुपर्ने विषयहरूमा छलफल भएको थियो ।
एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २९ देखि ३१ गतेसम्म बस्दैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।